२०८१ बैशाख ८, शनिबार    

राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको पुनरागमन

२०७९ श्रावण २९, आईतबार १७:३३ बजे

बंगलादेशसँग असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले ४० सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

नेपाल र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेलका लागि एन्फाले कार्यवाहक प्रशिक्षकको भूमिकामा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत समावेश रहेका छन् ।

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास