२०८१ बैशाख २६, बुधबार    

एमाले उम्मेदवार श्रेष्ठको घोषणा पत्र सार्वजनिक

२०७९ कार्तिक २४, बिहीबार १७:३८ बजे

नेकपा एमाले मकवानपुर निर्वाचन परिचालन कमिटी मकवानपुरले निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवारको घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले पत्रकार सम्मेलनमा आफुले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक विकास, खानेपानी तथा सरसफाई, कृषी, भू तथा जलाधार संरक्षण, पर्या पर्यटन र उद्योग, उद्यम विकास तथा रोजगारी जस्ता मूल बिषय समेटर घोषणा पत्र तयार पारेको बताए ।

उम्मेदवार श्रेष्ठले पूर्व मूख्यमन्त्री डोरमणी पौडेलले सुरु गरेका कामहरुलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको पनि स्पष्ट पारे ।

‘हेटौंडाको विकासमा धेरै कुरा पुर्व मूख्यमन्त्री पौडेलको पालबाट सुरु भएको छ । म उहाँले सुरु गरेका कालाई निरन्तरता दिँदै टुंगोमा पु¥याउ छु । साथै एक वडा एक खेल मैदान, नगरका सबै वडा र वस्तिहरुलाई सडक सञ्जालले जोड्ने, कर्रा करिडोर सम्पन्न गरि पर्या पर्यटनको विकास, वैकल्पिक चक्रपथ, एक विद्यालय एक खेल शिक्षक, विद्युतिय सवारी सञ्चालनको व्यवस्था, उपयुक्ता स्थानको खेजी गरि हेटौंडामा विमानस्थलको निर्माण लगाएतका कुरा मेरा प्राथमिकताका कुरा हुन् ।’ उम्मेदवार श्रेष्ठले बताए ।