२०८१ बैशाख २३, आईतबार    

करेण्टबाट माछा मार्ने क्रममा एकजना मृत्यु

२०७९ पौष २५, सोमबार १२:३३ बजे

करेण्टबाट माछा मार्ने त्रममा करेन्ट लागेर हेटौंडामा एकजना युवाको मृत्यु भएको छ ।

हेटौंडा–१७ कर्रामा माछा मार्ने क्रममा आइतबार राति ९ बजेर ३० मिनेटको समयमा उनलाई करेन्ट लागेको थियो । कर्रा जोडधारा खोलामा गुरौखोला बस्ने १८ वर्षीय अमृत तामाङ माछा मार्नका लागि करेण्ट मिलाउने क्रममा अचानक करेण्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि स्थानीयले हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राति १० बजेर २९ बजे डाक्टरले मृत्यु भएको घोषणा गरेको हो ।

शव सोही अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।