२०८१ बैशाख २०, बिहीबार    

यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पौडेल

२०७९ असार १९, आईतबार १५:५९ बजे

हेटौंडा १० मा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् । यातायात व्यवसायीहरु मिलेर सञ्चालन गरेको सहकारीले शनिबार आफ्नो १३ औं वार्षिक सभा गरेको थियो ।

नयाँ समितिका लागि सर्वसम्मत नभए पछि पदाधिकारीहरुमा निर्वाचन गराइएको थियो । निर्वाचनमा किरण पौडेल (९२) र सुमनलाल श्रेष्ठ (५५) मत प्राप्त गरेका थिए । निर्वाचित अध्यक्ष पौडेल यस अघि दुई कार्यकाल अध्यक्ष भइसकेका छन् भने श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । त्यस्तै, उपाध्यक्षमा केशव कुमार उप्रेती(७३) र तीलक कार्की (६८) मत प्राप्त गरेका थिए ।

सचिवमा सुनील कुमार न्यौपाने(८७) र देवनारायण लामिछाने(५४), सहसचिवमा रमेश उप्रेती(८७) र दीपक सिं बुढाथोकी(५४) मत प्राप्त गरेका छन् । संस्थाको कोषाध्यक्षमा भने कुमार वर्तौला(९८) र रामप्रसाद विडारी(४५) मत प्राप्त गरेका थिए ।

संस्थाको सदस्यहरुमा भने निर्विरोध भएका छन् । सदस्यहरुमा प्रकाश पौडेल, माधव प्रसाद अधिकारी, कृष्णमान स्याङ्तान, दिवस अर्याल, चन्द्रकिरण श्रेष्ठ, विक्रम पौडेल, सन्तोष श्रेत्री, विष्णुहरि विडारी रहेका छन् । संस्थाको लेखा समिति संयोजकमा रमेश रेग्मी र सदस्यहरुमा सुन्दर न्यौपाने र वीरविक्रम श्रेष्ठ चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता मुकुन्द प्रसाद अधिकारीले बताए ।