२०८१ बैशाख ८, शनिबार    

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

२०७९ जेठ १९, बिहीबार २०:३१ बजे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।