२०८१ बैशाख १४, शुक्रबार    

सरस्वतीले जित्यो सेभेन ए साइडको उपाधि

२०७९ जेठ ३०, सोमबार ११:०६ बजे

हेटौंडा–११, नवलपुरमा आइतबार सम्पन्न भएको स्वर्गीय गणेश वर्तौला स्मृति टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती टोलले जितेको छ ।

स्थानीय गोल्फिनटार टोललाई ५–३ गोलअन्तरले पराजित गर्दै सरस्वती च्याम्पियन भएको हो । तल्लोताल खेल मैदानमा भएको प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैया“सहित शिल्ड र मेडल प्राप्त गरेको थियो । उपविजेताले नगद १० हजार रुपैया“सहित ट्रफि र मेडल प्राप्त गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया“ले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सिमलटारका असर्फ अन्सारी र उत्कृष्ट खेलाडी सरस्वतीका करण लामा घोषित भए । अनुशासित टिम सिमलटार बी घोषित भएको थियो । समापन कार्यक्रममा उपमेयर बानिया“ले शिक्षा, स्वास्थ्यस“गै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले उपमहानगरको १९ वटै वडामा खेलपूर्वाधार निर्माण र खेलाडी उत्पादनमा काम गर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य सञ्जु विडारी तथा समाजसेवी अकलबहादुर रोक्काको आतिथ्यता रहेको थियो । आयोजक छहारी युवा सेवा समाज हेटौंडका अध्यक्ष नकुल विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगिताको समापन अगाडि आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । समाजले विभिन्न समाजिक गतिविधि गर्दै आइरहेको छ ।