२०८१ बैशाख १७, सोमबार    

काफ्लेद्वारा प्रमुख सचेतक पदबाट राजीनामा

२०८० भाद्र १९, मंगलबार ०९:०६ बजे

कुन्दनराज काफ्लेले दिए बागमती कांग्रेसको सचेतकबाट राजिनामा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदिय दलको सचेतक पदबाट राजिनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजिनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजिनामा दिएसंगै सामाजिक संजालबाट सो विषय सार्वजनिक समेत गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजिनामा दिएको बताए । पदबाट राजिनामा दिएका काफ्लेले आफ्नो सम्पुर्ण समय पार्टी संगठनलाई चलाएमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरुको सेवामा व्यतीत गर्ने बताए ।

'गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा  समय अभाव महसुस गरेको छु ।' उनले भने । 'अत: केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पुर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

गत पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन गरेपछी कांग्रेस प्रतिपक्ष दल बनेको थियो । प्रतिपक्ष दल कांग्रेस रहदा संसदीय दलका नेता लामाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । तत्कालिन सत्तागठबन्धन करिव २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसंगै कांग्रेस सत्ता पक्ष बन्यो ।

कांग्रेस सत्तामा आएसंगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए । ढकाल प्रमुख सचेतक बनेपछी उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो ।