२०८१ बैशाख १५, शनिबार    

नवोदयको ‘मुन सभा’ सकियो

२०८० भाद्र १६, शनिबार १९:४१ बजे

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय हेटौंडा–४ को आयोजनामा झएको तीनदिने नवोदय नमुना संयुक्त राष्ट्र संघीय (मुन) कार्यत्रम शनिबार सकिएको छ ।

नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका वडाअध्यक्ष सिग्देलले शिक्षा क्षेत्रमा चौतफर्mी विकास हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुत्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक र वित्तिय मामिला परिषद्, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण, प्रतिनिधिसभाको बैठकमा विद्यार्थीहरुले विभिन्न एजेण्डामा रही उत्कृष्ट भूमिका निर्वाह गरेका विद्यार्थीलाई अवार्ड फ्रदान गरेको थियो ।

नवोदय नमुना संयुक्त राष्ट्र संघीय कार्यत्रममा विभिन्न देशको प्रतिनिधित्व गरेका विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अङ्कुरम एकेडेमी चितवनका प्रिन्सिपल सुमन पौडेल, एपेक्स स्कूल बुटवलका प्रधानाध्यापक दीपक गौतम, जिएस विद्यालय गैंडाकोटका शैक्षिक निर्देशक विना कोइरालालगायतको आतिथ्यता रहेको थियो ।