२०८१ बैशाख १५, शनिबार    

एकेडेमीमा विद्यार्थीमाथि निर्मम कुटपिटः बायाँ हात दुई ठाउँमा भाँचियो

२०८० जेठ १४, आईतबार १२:१८ बजे

हेटौंडा–११ स्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि निर्मम कुटपिट भएको घटना बाहिर आएको छ ।

विद्यालयको अनुशासन नमानेको भन्दै कक्षा–६ मा अध्ययनरत वर्ष १२ का सिर्जन उप्रेतीमाथि निर्मम कुटपिट भएको घटना अहिले बाहिर आएको हो ।

गएको फागुन २८ गते सिर्जनमाथि विद्यालयका ड्रोइङ शिक्षक सरोज श्रेष्ठले विद्यालयको अनुशासन नमानेको भन्दै निर्मम कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट सिर्जनको बाँया हात दुई ठाउँमा भाँचिएको थियो ।

हात भाँच्चिएपछि विद्यालयले पीडित बालकको उपचारसमेत गर्न नमानेको पीडित विद्यार्थीका मनहरी–३ निवासी बाबु केदार उप्रेतीले दुखेसो पोखे ।

‘मैले चुरेहिल अस्पतालमा सामान्य उपचार गराएँ, निको नभएपछि थप उपचार हेटौंडा अर्थोपेडिक अस्पतालमा गर्नुपर्यो । करिब १ लाख रुपैयाँ उपचारमा खर्च भइसक्यो । २ महिनादेखि त्यही छोराकै उपचार र स्याहार गर्न लागिपरेको छु । आफ्नो काम गर्न पनि पाएको छैन ।’ पीडित विद्यार्थीका बाबु उप्रेतीले गुनासो गरे ।

पछिल्लो पटक गत शुक्रबार कक्षा–५ मा अध्ययनरत संकल्प उप्रेतीलाई कुटपिट गरिएको पीडितका अभिभाकले जनाए ।

अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकहरुको गुनासो छ ।

(तुखबरबाट)