२०८१ बैशाख २४, सोमबार    

एमालेले ल्यायो चुनाव लक्षित मोबाइल एप

२०७८ चैत्र ११, शुक्रबार १३:३८ बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावलाई लक्षित गर्दै मोबाइल एप ल्याएको छ ।

राजधानी स्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रिय समिति बैठकमा यस्तो एप सार्वजनिक गरिएको हो । असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको सीपीएन यूएमएल (नेकपा एमाले) मोबाइल एपलाई नै अहिले चुनाव लक्षित गरिएको हो ।

एपमा एमालेको दस्तावेज, पार्टी सदस्यता विवरण, सरकारमा हुँदा पार्टीले गरेका विभिन्न कामहरू, विभिन्न सूचना तथा जानकारी आदि जस्ता विवरण राखिएको छ ।