२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुरको होटलमा प्रहरीको छड्के

२०७९ श्रावण २९, आईतबार १७:२७ बजे

मकवानपुर जिल्लाभरको होटलमा प्रहरीले छड्के गरेको छ । विशेष गरी हेटौंडा र मनहरी क्षेत्रमा सञ्चालित लजको अवस्थाबारे प्रहरीको टोलीले अनुगमन गरेको हो ।

हेटौंडा बजार क्षेत्रमा चारवटा र मनहरीमा इलाका प्रहरी कार्यालयको टोलीले होटल तथा लजको अनुगमन गरेको हो । होटलमा अनैतिक कार्य सञ्चालन हुने र रेकर्ड नराखेको जनगुनासो आएपछि अनुगमन गरिएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका प्रवक्ता एवम् नायब उपरीक्षक टेकबहादुर कार्कीले होटलमा बस्नेको रेकर्ड चुस्तदुरुस्त राख्न र अनैतिक क्रियाकलाप सञ्चालन नगर्न सचेत गराउन अनुगमन गरिएको बताए ।

‘होटलमा यौन व्यवसाय सञ्चालन भएको गुनासो आएपछि हामीले छड्के गरेका हौं ।’, उनले भने । जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा बामदेब गौतम आएपछि विभिन्न क्षेत्रमा प्रहरीले छड्के गरिरहेको छ ।