२०८१ बैशाख १७, सोमबार    

दामोदर– लोकप्रिया स्मृति पुरस्कार प्रज्वल र अन्तरालाई

२०८० आश्विन २०, शनिबार १५:५४ बजे

मकवानपुर जिल्लाबाट कक्षा १२ को परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्रज्वल चौधरी र अन्तरा महतोलाई नेपाली लेखक सङ्घ मकवानपुरले पुरस्कृत गरेको छ ।

लेखक सङ्घको शनिबार भएको ८ र ९ औं साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका चौधरी र महतोलाई दामोदर लोकप्रिया स्मृति पुरस्कार प्रदान गरिएको हो । सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई नगद ११÷११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उनका मामा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । यस वर्षदेखि सुरु गरिएको पुरस्कार आगामी वर्षहरुमा पनि निरन्तर प्रदान गरिने नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यले जानकारी दिए ।

नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष अनित्यको अध्यक्षतामा भएको साधारणसभामा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पुरस्कार संस्थापक विष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।