२०८१ बैशाख ८, शनिबार    

जी बबको नयाँ र्‍याप गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक

२०७९ जेठ २६, बिहीबार ११:५८ बजे

‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।


सार्वजनिक भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । यस अगाडि जीबबले ‘ए मेरो हजुर ४’ को प्रमोसनल र्‍याप गीत पनि गाएका थिए ।