२०८१ बैशाख १७, सोमबार    

च्याम्पियन्स लिग : रियल, सिटी र पीएसजीको विजयी सुरुवात

२०७९ भाद्र २२, बुधबार ०९:२३ बजे

युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडसँगै म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार विजयी सुरुवात लिएका छन् ।

रियलले सेल्टिकलाई समूह ‘एफ’ को खेलमा ३–० ले हरायो । त्यसमा भिनिसियस जुनियर, लुका मोडरिच र एडेन हेजार्डले गोल गरे ।

यसै समूहको अर्को खेलमा साख्तर डोनेस्कले आरजी लाइपजिगलाई ४–१ ले हरायो । सिटीले भने इर्लिङ हल्यान्डको दुई गोलमा सेभियालाई सजिलै ४–० ले हरायो । समूह ‘जी’ को खेलमा सिटीका लागि फिल फोडेन र रुबेन डायसले पनि गोल गरे । यस्तै पीएसजीले भने केयलियन एम्बापेको दुई गोलमा युभेन्ट्सलाई २–१ ले पन्छायो ।

खराब लयबाट गुज्रिरहेको चेल्सी भने डायनामो जागरेभसँग १–० ले पराजित रह्यो । बोरुसिया डर्टमन्डले एफसी कोपेनहेगनमाथि ३–० को जित रच्यो भने बेनफिकाले मकाबी हायफालाई २–० ले निराश पार्‍यो । यस्तै आरबी साल्सबर्ग र एसी मिलानको खेल भने १–१ को बराबरीमा समाप्त भयो ।