२०८१ बैशाख १४, शुक्रबार    

गठबन्धन सरकारले मुलुक नयाँ बाटोमा लैजान्छ : डिना

२०७९ कार्तिक ४, शुक्रबार १९:११ बजे

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मुलुकलाई नयाा बाटोमा लैजान गठबन्धनको सरकार बन्न जरुरी रहेको बताएकी छिन् ।

गठबन्धनको सरकार निर्माणका लागि गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिका समितिले शुक्रबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले गठबन्धनको लडाईं जनताको अधिकारका लागि भएको २०६३/०६३ को आन्दोलन दमन गर्ने र पटकपटक संसद्को हत्या गर्न खोज्न दलसंग भएको बताइन् ।

‘नेपालीहरुको अधिकार प्राप्तीको आन्दोलनमा दमन गर्ने र संविधानको हत्या गर्न खोज्ने दुई दल एक ठाउामा उभिएका छन्’, उनले भनिन्, ‘यता हामी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दल र नेताहरु एक ठाउामा गठन्धन हुादा कुनै आश्चर्य मान्नुपर्ने अवस्था छैन । गठबन्धनको पक्षमा नहिच्किचाइ मतदान गर्नुहुन म ५ वटै दलका नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।’ जनताको मताधिकार अन्त्य गर्ने, संविधान नै नष्ट गर्न खोज्नेहरु आज यहि संविधान अनुरुप हुन लागेको चुनावमा भोट माग्न आइरहेको भन्दै चुनावबाट जनताले परास्त गर्नुपर्ने सुझाव दिइन् ।

आफू २०४८ सालदेखि निरन्तर जिल्लाको विकास र राजनीतिमा कृयाशिल रहेको उल्लेख गर्दै सहकारी र शिक्षाको माध्यमबाट जिल्लाको विकासमा भूमिका खेलेको बताइन् । ‘सांसद् मात्र बन्नु मेरो उद्देश्य होइन, समानुपातिकमा बसेर पनि सांसद् बन्न सक्थें’, डिनाले भनिन्, ‘जनताको सुखदु:खमा रहेर काम गर्छु र प्रत्यक्ष जितेर देखाउनेछु भनेर आाट बोकेर आएको छु, यहााहरुको मन र मत पाउनेछु भन्नेमा विश्वस्त छु ।’ जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बेरोजगार लगायतका समस्या समाधानमा लागिपर्ने उनको प्रतिबद्धता रहेको छ ।