२०८१ बैशाख ११, मंगलबार    

डिनाको त्यो अडान, जसका कारण हेटौंडा राजधानी तोकियो

२०७९ कार्तिक २४, बिहीबार १६:१२ बजे

बागमती प्रदेशको राजधानी हो हेटौंडा । हेटौंडालाई प्रदेश राजधानी बनाउँन भुमिका खेलेको भन्दै यहाँका मुख्य दल र प्रतिनिधिहरु त्यसको व्याज खान निकै लालाहित देखिन्छ । हेटौंडालाई प्रदेश राजधानी तोक्न यहाँका प्रमुख दलका प्रतिनिधिहरु भन्दा पनि नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’को अहम भूमिका रहेको छ ।

डिनाको अडानका कारण आज हेटौंडा बागमती प्रदेशका राजधानी बन्न सफल भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा हेटौंडालाई प्रदेश राजधानी तोक्न आफूले भूमिका खेलेको भन्दै प्रचारबाजीमा जुटिरहँदा डिना भने त्यस विषयमा मौन देखिन्छन् । गरेको कामलाई प्रचार बाजी गरेर हिड्नु त्यति उचित नलाग्ने भन्दै उनी भन्छिन कसको कति भूमिका थियो त त्यो जनताले बुझेका छन् । हेटौंडालाई प्रदेशको राजधानी तोक्न उनको भूमिका वास्तवमै अमुल्य थियो । मकवानपुरबाट केन्द्रीय तहको राजनीतिमा पहुँच राख्ने नेतृ भएकै कारण आज हेटौंडा राजधानी बनेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते हेटौंडालाई प्रदेशको राजधानी तोकेको थियो ।

तत्कालिन समयमा राप्रपा नेपालका अध्यक्ष थापा उप्रधानमन्त्री थिए । तत्कालिन समयमा नेतृ डिना भने सरकारमा सहभागि थिइनन् । उनी कांग्रेसको केन्द्रीय सदस्य थिइन् । मकवानपुरबाट केन्द्रीय राजनतिमा पहँच राखकै कारण उनले हेटौंडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री देउवा समक्ष अडान कसेकी थिइन् । उनको अडान पछि देउवा पनि हेटौंडालाई राजधानी बनाउन सकारात्मकर देखिएका थिए । हेटौंडालाई राजधानी तोक्न उनले प्रधानमन्त्री देउवा समक्ष सडक र भौतिक पुर्वाधारहरुको आधार पेश गरेकी थिइन् । प्रदेश राजधानी तोक्ने विषयमा सरकारको मन्त्रिपरिषद्मा व्यापक विवाद हुँदै गर्दा नेतृ डिना हेटौंडामा थिइन् । उपप्रधानमन्त्री थापा भने क्याविनेट बैठकमा सहभागि थिए ।

प्रदेशको राजधानीका लागि प्रदेशका ४ वटा स्थाका बारेमा छलफल भइरहेको थियो । हेटौंडासहित काभ्रेको धुलिखेल, पाँचखाल र भक्तपुर मध्ये एउटालाई राजधान तोक्ने छलफल भएको थियो । उक्त क्याविनेटमा रहेका सबै मन्त्रीहरु काभ्रेको पाँचखाललाई राजधानी बनाउन सहमत जस्तै देखिएका थिए । यसमा थापा पनि कन्भिन्स हुने अवस्थामा पुगेका थिए । तर, उक्त विषय जानकारी पाएपछि सोही दिन डिना हेटौंडाबाट काठमाडौं पुगिन् । काठमाडौं पुगे लगत्तै उनले प्रधानमन्त्री देउवा समक्ष अफ्न अठान जारी राखिन् ।

देउवा पाचखाललाई राजधानी बनाउने बारे निर्णयमा पुग्दै गर्दा डिनाले भनिन् हेटौंडामा भएमा सरकारी भवनलाई प्रयोग गरेर सरकारको दैनिक क्रियाकलाप संचालन गर्दा आर्थिक भार पनि कम पर्छ र सहज पनि हुन्छ । उनको यस प्रस्ताव पछि प्रधानमन्त्री देउवाले अर्को जिज्ञासा राखे भौगोलिक हिसावले हेटौंडालाई कसरी केन्द्र बनाउने ? उनको यो जिज्ञासामा डिनाले भनिन् ‘हेटौंडासंग जोडिएर थुप्रै राजमार्गहरु संचलनमा छन् । त्यसमा प्रयोग गरेर अघि बढ्दा हेटौंडा प्रदेशको १३ जिल्लाको केन्द्र बन्छ । सिन्धुली हुँदै धरान चतरा सडक खण्ड, कान्ति लोकपथ, त्रिभुवन राजपथ, हेटौंडा कुलेखानी सडक खण्ड र महेन्द्र राजमार्गलाई प्रयोग गर्दा हेटौंडा सबै जिल्लाको केन्द्र बन्छ ।’ उनको जवाफ पछि प्रधानमन्त्री देउवा हेटौंडालाई राजधानी बनाउन सकारात्मक देखिए ।

डिनाले हेटौंडालाई राजधानी बनाउन अन्तिम अवस्थासम्म आफ्नो अडान नछोडेपछि देउवाले हेटौंडा राजधानी तोकेका थिए । उनै डिना आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रत्यक्षबाट उम्मेदवार रहेकी छिन् । नेपाली कांग्रेसकी सहमहामन्त्रीसमेत रहेकी डिना प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी छिन् ।