२०८१ बैशाख १४, शुक्रबार    

अन्जन आइ लिग खेल्न भारततर्फ

२०७९ माघ ७, शनिबार १४:५६ बजे

राष्ट्रिय फुटबल टोली तथा चर्च ब्वाइज युनाइटेड क्लबका फरवार्ड अन्जन विष्टको व्यवसायिक खेल जीवनमा नयाँ मोड आएको छ । भारतीय (आई लिग) खेल्न उनी शनिबार त्यसतर्फ गएका छन् ।

अन्जनले मुम्बई केन्क्रे एफसीबाट आइ लिग खेल्ने हाम्रो खेलकुदलाई जानकारी दिए । उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि गएका हुन् । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहेका अन्जनले आइ लिग खेल्न अवसरलाई आफूलाई थप प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताएका छन् ।

‘व्यवसायिक खेल जीवनमा यसलाई अर्को महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु,’ उनले भने,‘ मैले राम्रो गर्न सके भने पक्कै पनि अरु खेलाडीहरु प्रति पनि अन्यहरु सकारात्मक बन्न सक्छन् । म आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्नेछु ।’ उनी घरेलु फुटबलको सर्वाधिक सफल टोलीमध्येको एक मनाङ मस्र्याङ्दी क्लब छाडेर यसै सिजन चर्च ब्वाइजमा आबद्ध भएका थिए । चर्च ब्वाइजले सहजै रिलिज दिएको बताए ।

आइ लिगका बाँकी खेल सकेर फर्कने योजना रहेको अन्जनले बताए । ‘सहिद स्मारक ए डिभिजन लिगको एक दुई राउन्ड छुट्न सक्छ । आइ लिग सकिने वित्तिकै फर्कने योजनामा छु,’ उनले थपे,‘ म व्यक्तिगत पहलमै आइ लिग क्लबसँग जोडिएको हु ।’ राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट आइ लिग खेलिरहेका छन् । अब आइ लिगमा किरण र अन्जनको सामना हुने सम्भावना रहन्छ ।

केन्क्रेले सोमबार आइ लिग अंकतालिका को शीर्ष टोली श्रीनिदी डेकेनसँग प्रतिस्पर्धा गर्नेछ