२०८१ जेठ ४, शुक्रबार    

ठिंगनमा बन्यो २ करोड ८१ लाखमा प्रहरी भवन

२०७८ चैत्र २, बुधबार १३:३६ बजे

मकवानपुरको बकैया गाउँपालिका–१२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी भवनको कार्यालय, व्यारेक तथा भान्साघरको उद्घााटन गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ मा वाग्मती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकार्इंहरुको निर्माण कार्यको थालनी भएको थियो । जसमध्ये यस कार्यालय ३९ औं भवनअन्तर्गत् पर्दछ । प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८२३ रुपौयाँको लागतमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हाल सम्म ३९ वटा निर्माण सम्पन्न भई ३७ वटा उद्घाटन भएको हो । इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ ।