२०८१ जेठ ३, बिहीबार    

वडाध्यक्षमा दुई उम्मेदवारको मत बराबर, गोलाप्रथाबाट एमाले विजयी

२०७९ बैशाख ३१, शनिबार ०७:३८ बजे

मनाङको चामे ५ को वडाध्यक्ष पदमा दुई उम्मेदवारले बराबर मत ल्याएका छन्। त्यसपछि गरिएको गोलाप्रथाबाट एमालेका कैले गुरुङ वडाध्यक्षमा विजयी भएका छन्।


गुरुङ अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित भएका थिए। एमालेका गुरुङ र कांग्रेसका उम्मेदवार फुर्वा लामा दुवैले ३०/३० मत पाएका थिए। चामे गाउँपालिका अध्यक्षमा भने लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्।