२०८१ बैशाख २१, शुक्रबार    

गढीमा अटो दुर्घटना, चालकको मृत्यु

२०८० कार्तिक २७, सोमबार ११:४९ बजे

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, लखनटोलमा अटो दुर्घटना हुँदा घाइते भएका ३३ वर्षीय लक्ष्मण स्याङ्तानको मृत्यु भएको छ ।

शुक्रबार राती ११ बजेर ५० मिनेटको समयमा ना १ ह ३५४४ नम्बरको अटो व्याक गरी पार्किङ गर्न खोज्दा अन्दाजी ६० फिट तल खस्दा घाइते भएका स्याङ्तानको हेटौँडामा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो ।

स्याङ्तानको उपचारको क्रममा आइतबार राती ९ बजेर १५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।