२०८३ जेठ १२, मंगलबार    

मनहरीबाट अबध भरुवा बन्दुकसहित एकजना पक्राउ

२०८१ माघ ९, बुधबार १५:०४ बजे

इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ का ५२ वर्षीय जीत बहादुर थिङ रहेका छन् । प्रहरी टोलीले मनहरी गाउँपालिका-९ स्थित हरियाली सामुदायिक वनबाट प्रहरीले थिङको साथबाट एक थान भरुवा बन्दुक, १३ थान फलामको गोलाकार बेरिङ, ३३ थान विभिन्न साइजका फलामे वस्तु, ३०५ ग्राम बारुद जस्तो देखिने पाउडर, २४ थान ढुंगाजस्तो देखिने वस्तु र एक थान खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका थिङमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।