हेटौंडा/ हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन् ।
आइतबार दिउँसो पूर्वपश्चिम सडक खण्डअन्तर्गत् नेवारपानीमा सवारी दुर्घटनाहुँदा हेटौंडा–१० का एक बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको हो । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा करिब ५० वषीय श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्रदासले जानकारी दिए ।
उनका अनुसार श्रेष्ठको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।