२०८१ जेठ ८, मंगलबार    

कांग्रेस कार्य सम्पादन समितिमा सात जना मनोनित

२०७८ फाल्गुन ९, सोमबार १०:१४ बजे

हेटौंडा/ नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले थप सात जनालाई कार्य सम्पादन समितिमा मनोनित गरेको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सिन्धुपाल्चोकको सुकुटेमा बसेको दोस्रो पूर्ण वैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको हो ।

वैठकले स्थानीय निकायको निर्वाचनमा अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्या सहितको तथ्यांक संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत् स्थानीय निकायमा पठाउने निर्णय भएको सभापति बानियाँले जानकारी दिए ।

वैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरुको मासिक लेवी तोकेको छ । उक्त लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने समेत निर्णय भएको छ ।  प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्ने र प्रदेश सदस्यहरुको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरुमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरेलाई जिम्मेवावरी तोकिएको छ ।