२०८१ बैशाख २१, शुक्रबार    

नयाँ वर्षमा दौड प्रतियोगिता हुने

२०७८ चैत्र ११, शुक्रबार १३:५७ बजे

नेपाल तरुण दल हेटौंडा–६ इकार्इं समितिद्धारा नयाँ वर्षको अवसरमा जिल्लास्तरीय ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

अघिल्लो वर्ष यस प्रतियोगिता कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो । ‘स्वस्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ‘स्वच्छ जीवन, स्वच्छ समाज’ भन्ने भनाइलाई आधार बनाएर दौड प्रतियोगिता आयोजना गर्न लागिएको तरुण दल इकाईं सभापति कमल कोइरालाले जानकारी दिए । प्रतियोगीताका विजेताले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा द्विती र तृतीय हुनेले क्रमश: नगद १० र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनलेब ताए । वैशाख १ गते विहान ७ बजे हेटांैडा–६, चौघडाको पिपल बोटबाट दौड सुरु हुनेछ ।