२०८१ बैशाख २७, बिहीबार    

प्रिमियर लिगमा आज सात खेल

२०७९ श्रावण २८, शनिबार १५:१८ बजे

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदै छ ।

आर्सनल, ब्राइटन, म्यानचेस्टर सिटी, बर्नमाउथ, न्यूक्यासल र लिड्स लगातार दोस्रो जितको खोजीमा रहँँदा एभर्टन, एस्टन भिल्ला, लेस्टर, साउथह्याम्टन, वल्भ्स, फुलहम, ब्रेन्टफर्ड र म्यानचेस्टर युनाइटेड पहिलो जितको खोजीमा मैदान उत्रनेछ ।

ब्रेन्टफर्ड, फुलहम र लेस्टरले आफ्नो पहिलो खेलमा बराबरीको नतिजा आत्मसात गर्दा एभर्टन, एस्टन भिल्ला, साउथह्याम्टन र वल्भ्सले हारबाट प्रिमियर लिग सुरुवात गरेका थिए ।

शनिबार राति एस्टन भिल्लाले एभर्टनसँग खेल्दैछ । लयमा रहेको आर्सनलले लेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । ब्राइटनले न्यूक्यासलसँग खेल्दा नर्वेली युवा स्टार एर्लिङ ब्राउट हालान्ड प्रेरित म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नमाउथसँग खेल्नेछ ।

यस्तै साउथ ह्याम्टन र लिड्स एक आपसमा प्रतिस्पर्धा गर्दा वल्भ्सले घरेलु मैदानमा फुलहमसँग खेल्नेछ । ब्रेन्टफर्डले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको अतिथ्यता गर्दैछ ।

आज हुने खेलहरु

एस्टन भिल्ला र एभर्टन (साँझ ५ः१५ बजे), आर्सनलविरुद्ध लेस्टर सिटी (राति ७ः४५ बजे), ब्राइटनविरुद्ध न्यूक्यासल (राति ७ः४५ बजे), म्यानचेस्टर सिटीविरुद्ध बर्नमाउथ (राति ७ः४५ बजे), साउथह्याम्टनविरुद्ध लिड्स (राति ७ः४५ बजे), वल्भ्सविरुद्ध फुलहम (राति ७ः४५ बजे) र ब्रेन्टफर्डविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १०ः१५ बजे)