२०८१ माघ २८, सोमबार    

मैनालीको नेतृत्वमा मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन

२०८१ पौष १२, शुक्रबार १७:०६ बजे

मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन भएको छ ।

शुक्रबार हेटौंडामा भएको भेलाले प्रविन मैनालीको नेतृत्वमा जिल्ला कार्यसमिति गठान गरेको हो । मुवाँथाई मकवानपुर उपाध्यक्षमा ध्रुवराज ढकाल र विवेक बजगाईं, सचिव रन्जिता बिष्ट, सहसचिव श्रृजना लामीछाने, कोषाध्यक्ष बिनोद पौडेल तथा सदस्य चित्रबहादुर तामाङ, सुरज दुलाल, परमेश्वर पौडेल, राजन श्रेष्ठ, नारायण ढकाल, रुपा बर्तौला कठायत, दिया महत क्षेत्री, किरण गिरी, राहुल थोकर लामा, बादल सिलवाल, रोशन पौडेल र रुपककुमार बर्नवाल रहेका छन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, नेपाल तरुण दल केन्द्रीय सदस्य सुनिलकुमार दाहाल, अल्पाइन स्पोर्टस् महासंघका अध्यक्ष गोबिन्द भट्टराई, अटो मोबाइल्स संघ बागमती प्रदेश उपाध्यक्ष सीता केसी लगायतको आतिथ्यता रहेको थियो ।

अध्यक्षमा चयन भएका मैनालीले जिल्लामा मुवाँथाईको प्रतियोगितासहित खेल क्षेत्रमा योजनाबद्ध काम गर्ने योजना रहेको बताए ।