२०८१ जेठ ५, शनिबार    

विकेशलाल बने लायन्स क्लबको एरिया चिफ

२०७८ चैत्र ५, शनिबार १८:३६ बजे

हेटौंडाका युवा नेता तथा समाजसेवी विकेशलाल श्रेष्ठ लायन्स क्लब इन्टरनेशनल, प्रस्तावित डिस्ट्रिक ३२५ एसको एरिया २ को एरिया चिफमा चयन भएका छन् ।

प्रस्तावित डिस्ट्रिक ३२५ एसका बारामा भएको प्लानिङ वर्कसप कार्यक्रममा डिष्ट्रिक गभर्नर अमरबहादुर श्रेष्ठले सन् २०२२/०२३ का लागि श्रेष्ठलाई एरिया २ का एरिया चिफमा नियुक्त गरेका हुन् । उनी लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथको २०१८/०१९ मा अध्यक्ष समेत हुन् । सन् २०१५/०१६ बाट लायन्स यात्रामा सक्रिय रहेका श्रेष्ठ मकवानपुरका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।

‘मलाई अग्रजहरुले विश्वास गरेर दिनु भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रयत्न गर्नेछु । मेरो कार्यकालमा लायन्सको मूल्य र मान्यता अनुसार संस्थालाई अगाडि बढाउने र सवैलाई समेटेर अगाडि बढ्नेछु ।’, उनले भने ।