२०८१ जेठ २, बुधबार    

गर्मीका असरबाट बच्न आवश्यक सतर्क हुन आग्रह

२०७८ चैत्र २०, आईतबार ०९:४९ बजे
 
तराई भू–भागमा तापक्रम बढ्ने क्रममा रहेकाले सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । नेपालको मौसमी प्रणालीमा केही दिनयता भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली रहनेछ ।