२०८१ बैशाख १७, सोमबार    

लोकतान्त्रिक वाम गठबन्धनको १७ नम्बर वडा समिति गठन

२०७९ कार्तिक १९, शनिबार १८:५१ बजे

आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउँन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा युवा परिचानल समिति निर्माण गरिएको छ ।

लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलका युवाहरुको उपस्थितिमा वाइसियलका नेता सुन्दर न्यौपानेको संयोजकत्वमा एकसय ५१ सदस्यीय युवा परिचालन समिति निर्माण गरिएको हो । युवा परिचालन समितिको सह–संयोजकमा दामोदर दाहाल र सागर राई, सचिवमा अशोक घलान र बिकास श्रेष्ठ तथा कोषाध्यक्षमा दिपक थापा रहेका छन् ।

समितिको सदस्यमा विजय राई, कृष्ण राई, समिर राई, हिरामणी तिमल्सिना, प्रविण गौतम, सुरज भुजेल लगाएत छन् । नेपाली कांग्रेस मकवानपुरका जिल्ला अध्यक्ष राजु खतिवडाको प्रमुख आतित्थ्यतामा भएको भेलामा १७ नम्बर वडाका वडा अध्यक्ष उद्धव सत्याल, एकीकृत समाजबादीको जिल्ला सचिवालय सदस्य रमेश राई, तरुण दल मकवानपुरका सचिव एवं युवा परिचालन जिल्ला संयोजक सचित थापा, वाइसियलका जिल्ला अध्यक्ष लबराज ठकुरी, जगदिश दाहाल, नवराज न्यौपाने, सानु लामा, राजकुमार वास्तोला, रंगनाथ अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

भेलाले आसन्न मंसिर ४ गते सम्मन्न हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सहयोग पु¥याउन युवा परिचालन गर्ने निर्णय गरेको छ ।