२०८१ बैशाख २१, शुक्रबार    

मनहरीमा २६ जनाले गरे रक्तदान

२०८० आश्विन १३, शनिबार १८:३५ बजे

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । संघले शनिबार बिहान मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालकृष्ण बजगाईंको अध्यक्षता एवम् कार्यक्रम संयोजक नारायण बर्तौलाको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र मनहरीका अध्यक्ष गणेश मानन्धर, संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने सहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको संघका सचिव सुदिप तिमल्सिनाले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजा गरिएको निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बजगाईंले बताए ।