२०८१ बैशाख २८, शुक्रबार    

हेटौंडाको उपमेयरमा नौ जनाको मनोनयन

२०७९ बैशाख १२, सोमबार २०:५५ बजे

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नौ जनाले मनोनयन दर्ता गराएका छन् ।

हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आठ जनाले विभिन्न दल र एकजनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले , सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस) को तर्फबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपाल शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी माले अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपाल हरिहर खतिवडा , राप्रपा इन्दिरा न्यौपाने र स्वतन्त्र सुरज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।