२०८१ बैशाख १७, सोमबार    

कान्तिलोकपथ र भीमफेदी- भैसे सडकखण्ड खुल्यो

२०८० श्रावण २३, मंगलबार १५:१७ बजे

पहिरोका कारण अबरुद्ध रहेको हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो दुरीको दुईवटा मार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ ।

सोमवार रातिको अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–फाखेल सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको दुई वटा डोजर प्रयोग गरेर सडक खुलाइएको हो । भीमफेदी–फाखेल सडक खण्डको भीमफेदी–२ मा पहिरो गएको कारण सडक अवरुद्ध भएको थियो । उक्त सडक पनि सञ्चालनमा आएको छ ।

पहिरो कारण रोकिएका सवारी गन्तव्यतर्फ गुडन थालेको प्रहरीले जनाएको छ ।