२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडा १४ मा दीपक खड्का

२०७९ जेठ ५, बिहीबार १३:१५ बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को नेकपा एमालेका दीपक खड्कासहित प्यानल नै विजयी भएको छ । खड्का एक हजार ७ सय ९३ मतसहित दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका ज्ञानेन्द्र मुक्तानले १ हजार १ सय ४५, राप्रपाकी जानुका दुवाडीले १३ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरुमा नेकपा एमालेका कुल नरसिं गोङ्वा(१७५३) र श्याम कुमार भोलन(१६४७) विजयी भएका छन् । महिला सदस्यमा नेकपा एमालेका बिना कुमारी थिङ लामा(१७८४) र दलित महिला सदस्यमा रत्ना विश्वकर्मा(१७९१) निर्वाचित भएका छन् ।