२०८१ बैशाख २३, आईतबार    

हेटौंडा जेसीजमा बर्तौलाको प्यानल घोषणा

२०८० पौष १२, बिहीबार १४:१३ बजे

हेटौंडा जेसीजको वर्ष सन् २०२४ का लागि अध्यक्ष पदका उम्मेदवार अमृत बर्तौलाले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बर्तौलाको टिमबाट कार्यकारिणी उपाध्यक्षमा विवेक आनन्द न्यौपाने र जीवन ढकाल तथा उपाध्यक्षमा आतिष दाहाल, विश्वास पराजुली, रमेश काफ्ले र रमेश पराजुली रहेका छन् । वर्ष सन् २०१७ बाट जेसीज यात्रामा लागेका बर्तौलाले २०१८ मा क्षेत्र ख संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० मा शाखा सम्पादक, २०२२ मा कोषाध्यक्ष र २०२३ मा कार्यकारिणी उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

उनी २०१८ मा नेपाल जेसीजको वक्तृत्वकलाको प्रथम समेत भएका थिए । युवाहरुलाई समेट््दै जेसीजको विधि र विधान अनुसार चारै क्षेत्रमा काम गरेर वर्ष सन् २०२४ लाई उत्कृष्ट बनाउने उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बर्तौलाले बताए ।

जेसीआई हेटौंडाको स्वर्ण जयन्तीको अवसरमा २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यताका लागि पहल गर्ने, ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरूसँग निश्चित शुल्क लिई आजीवन सदस्यता लागि पहल गर्ने, जेसीजका इच्छुक पूर्व सदस्यहरूलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेषण गर्ने, पुराना कार्यक्रमलाई निरन्तरता दिने, जेसीआई हेटौंडाको सचिवालय भवन पूर्ण रूपमा मर्मत गरी नयाँ स्वरूपमा सञ्चालनमा ल्याएर आय आर्जनमा जोड्ने उद्देश्य रहेको उनले बताए ।

उत्कृष्ट उत्पे्ररणात्म तालिमहरू सञ्चालन गर्ने, नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम शाखामा ल्याउन पहल गर्ने, उद्दमी पठशाला कार्यक्रमलाई थप परिस्कृत बनाउँदै निरन्तरता दिने, सचिवालयमा भएको लाइब्रेरीलाई थप स्तरीकरण गर्ने योजना रहेको उनको भनाई थियो ।