२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरमा २ लाख ९४ हजार मतदाता

२०७९ बैशाख २७, मंगलबार १७:०३ बजे

मकवानपुर जिल्लामा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् ।

वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि उनीहरु मतदाता रहेका हुन् । कुल मतदातामध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग वाग्मती प्रदेश कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् ।

थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, वाग्मती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् ।

राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।