२०८१ बैशाख १३, बिहीबार    

मगर विद्यार्थीमा पुनः शिव पुलामी चयन

२०७९ भाद्र २६, आईतबार १०:०४ बजे

नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी चयन भएका छन् । शनिबार हेटौंडामा भएको नवौं जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि पुलामीकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर रहेका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले एक बर्षीय कार्यकालका लागि २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।