२०८१ जेठ २, बुधबार    

हेटौंडा–१९ मा गठबन्धनले ‘विशेष प्याकेज’ ल्याउने

२०७९ बैशाख २१, बुधबार १७:१९ बजे

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को कुवा पानी र ज्यामिरे क्षेत्रको विकासका लागि विशेष प्याकेजको घोषणा गरेको छ ।

गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार मीना लामा र उपमेयर पदका उम्मेदवार राजेश बानियाँले चुनावी अभियान अन्तर्गत घरदैलोका क्रममा सो क्षेत्रको विकासको लागि विशेष प्यकेजको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उपमहानगरपालिका भएर पनि विकट क्षत्रेको रुपमा रहेकाले त्यहाँको विकास र समृद्धिको लागि प्रदेश र केन्द्र सरकारको पहलमा योजनाहरु तयार गरेर बजेटको व्यवस्था गर्ने उनीहरुको प्रतिवद्धता रहेको छ ।

मुख्यतः सडक सञ्जालको समस्या भोग्दै आएको सो क्षेत्रका जनताका गुनासो सुन्दै गठबन्धनको तर्फका मेयर र उपमेयरका उम्मेदवारले त्यसको समाधानको लागि पहल गर्ने बताए । गठवन्धनका उम्मेदवारले जितेमा हेटौंडा बजार क्षेत्रको जनताको सरह सो क्षेत्रको विकासमा लागि पर्ने उनीहरुको भनाई छ ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायता क्षत्रेको समानुपातिक रुपमा विकास गर्न पहल गरिने उनीहरुको प्रतिवद्धता रहेको छ । विगत हेटौंडा उपमहानगरपालिकाले सो क्षेत्रको विकासको लागि विनियोजन गरेको बजेट प्रयाप्त नभएकाले आगामी निर्वाचनमा गठवन्धनले जितेमा तिनै तहसंग सहकार्य गरेर बजेटको व्यवस्था गर्ने उनीहरुले बताए ।