२०८१ बैशाख १७, सोमबार    

मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने

२०८० चैत्र १६, शुक्रबार १२:५४ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने भएका छन् ।

हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेलले विश्वास लिने भएका हुन् । उनले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै सोमबार विश्वासको मत लिने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

प्रदेशसभाले विश्वाको मतका लागि वैठक आव्हान गर्ने तयारी गरिरहेका प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस र हाम्रो नेपाली पार्टीका सांसदको साथ रहेको छ ।

हालकै अवस्थामा मुख्यमन्त्रीले सहजरुपमा विश्वासको मत प्राप्त गर्नेछन् । प्रदेशसभामा ११० सांसद रहेकोमा सरकार गठन गर्न ५६ मत भए पुग्छ ।