२०८१ बैशाख २७, बिहीबार    

हेटौंडेली खेलाडी पोखरामा उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता घोषित

२०७८ माघ १५, शनिबार १८:४२ बजे

हेटौंडा/ हेटौंडेली खेलाडी रवि थिङ पोखरामा सम्पन्न आहार रारा गोल्डकप फुटबल प्रतियोगितामा दुईवटा विधामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफका रवि उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता घोषित भएका हुन् । उनले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विभागीय नेपाल एपिएफ फुटबल क्लबका डिफेन्डर राजन गुरुङ २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई पहिलोपटक आहा राराको च्याम्पियन बनाउन उनले सबै चार खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट खेलाडीबनेसागै राजनले अप्रिला स्कुटर प्राप्त गरे । यस्तै उनी नै आहा राराको उत्कृष्ट डिफेन्डर समेत चुनिए । उनले २५ हजार रुपौया हात पारे ।

विधागत पुरस्कारतर्फ एपिएफले नै वर्चस्व कायम राख्दा मनाङका आफिज ओलावाले उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट गोलरक्षक एपिएफकै युया कुरियामा र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उनीहरुले समान २५–२५ हजार रुपौयाको साथमा ट्रफि हात पारे । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो । निर्धारित समयमा २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

टाइब्रेकरमा एपिएफका सबै कप्तान नविन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्डले गोल गरे । मनाङका फ्रान्कलिन कोटे टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्न सक्दा अफिज ओलावाले ओलाडिपोले गोल गर्न सकेनन् । उनको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले रोके ।