२०८१ बैशाख ७, शुक्रबार    

प्रदेशस्तरीय वतृत्वकलामा भक्तपुरका प्रवेश तिमल्सिना प्रथम

२०७९ असार ८, बुधबार १७:०९ बजे

वाग्मती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रवेश तिमल्सिना प्रथम भएका छन् ।

प्रदेश युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत् प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा भएको वतृत्वकला प्रतियोगितामा निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय भइन् । चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय र वेलकोट नगरपालिकाका विविना लामिछाने सान्त्वना भए । उनीहरुले क्रमश: ३०, २५, २० र १० हजार रुपैयाँ प्राप्त गरे ।

विजयी तथा सहभागी प्रतियोगीहरुलाई वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, परिषिद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र प्रमुख निर्णायक निमेष निखिलले पुरस्कार वितरण गरेका थिए ।