२०८१ बैशाख ४, मंगलबार    

हेटौंडामा मीनाको अग्रता कायमै

२०७९ जेठ ५, बिहीबार १९:०३ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले आफ्नो अग्रता कायमै राखेकी छन् ।

नेकपा (एस) की उम्मेदवार लामाले सााझ ७ बजेसम्मको मतगणना अनुसार ५७ हजार ७१५ मतगणनाहुादा १८ हजार ३० मत प्राप्त गरेकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १६ हजार ८२८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १६ हजार १९५ मत प्राप्त गरेका छन् । हेटौंडामा ७४ हजार १८५ मत खसेको थियो । हेटौंडाको मतगणना जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार शुक्रबार अबेरसम्ममा अन्तिम नतीजा सार्वजनिक हुने सम्भावना रहेको छ । हेटौंडामा हालसम्म १३ वटा वडाको मतगणना सकिएको छ । कांग्रेसले ७ वटा र एमालेले ६ वटामा विजयी हात पारेको छ । अहिले ६ वटा वडाको मतगणना भइरहेको छ ।