२०८१ बैशाख २६, बुधबार    

मनहरीमा बस पल्टिँदा १४ घाइते, ३ जना गम्भीर

२०७९ चैत्र २, बिहीबार १६:५४ बजे

मकवानपुको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिकामा विहीबार दिउँसो यात्रुबाहक सवारी बस दुर्घटनाहुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको र बाँकी सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सवैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् मनहरी–६, नयाँ वस्तीमा  चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल बारीमा पुगेको थियो । घाइते यात्रुहरुको स्थानीयले उद्धार गरेका थिए ।