२०८१ बैशाख ८, शनिबार    

उपमहानगरले नि:शुल्क रगत उपलब्ध गराउने

२०७९ श्रावण १९, बिहीबार १६:०७ बजे

हेटौंडा उपमहानगरपालिकाले विरामीका लागि नि:शुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ ।

जिल्ला रेडक्रस सोसाइटी कार्यालय मकवानपुरसँग सहकार्य गरेर हेटौंडा उपमहानगरले विरामीका लागि नि:शुल्क रगत उपलब्ध गराउने भएको हो । मान्यता प्राप्त अस्पतालमा उपचाररत् हेटौंडाको विरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक अनुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने गरी सहमति भएको मेयर मीना लामाले जानकारी दिइन् ।

उनका अनुसार यस सेवा उपलब्ध गराएबापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ । ‘८५० रुपैयाँका दरले प्रतियुनिट रगत बापत्को रकम प्रत्येक त्रैमासिकमा उपमहानगरले रेडक्रसलाई उपलब्ध गराउने छ ।’, मेयर लामाले भनिन् ।

आवश्यकताका आधार हेटौंडा उपमहानगरभित्र कुनै घटनामा परी उपचाररत् रहेका विरामीलाई समेत नि: शुल्क रगत उपलब्ध गराउने सकिने उनले बताइन् ।