२०८१ जेठ ८, मंगलबार    

मामाघरमा पुस्तकालय

२०७८ माघ २४, सोमबार ०८:५५ बजे

हेटौंडा/ सडक वालवालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरले पुस्तकालय सञ्चालनमा ल्याउने भएको छ ।

आइतबार वसन्त पञ्चमीको अवसर पारेर पुस्तकालयका लागि दीक्षान्त प्रकाशन कीर्तिपुरले मामाघर नेपाललाई पुस्तक सहयोग गरेको छ । दीक्षान्त प्रकाशनका महेश शर्मा र नम्रता अर्याल शर्माले एकलाख ९ हजार छ सय २९ रुपैयाँ बराबरको ३ सय १० थान पुस्तक सहयोग स्वरुप उपलव्ध गराएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए ।
मामाघर नेपाल मकवानपुरमा संरक्षित वालवलिका र समुदायका मानिसहरु समेतले प्रयोग गर्न सकिने गरि हेटौंडा–११ मा रहेको मामाघर नेपालको एउटा कोठामा पुस्तकालय सञ्चालन गर्न लागिएको पराजुलीले बताए ।

‘पुस्तकहरु संकलनको क्रममा रहेका छौं । पुस्तकालयको लागि आवश्यक सहयोग गर्न सबैलाई हामीले अनुरोध गरेका छौं ।’, पराजुलीले भने ।