२०८३ कार्तिक ५, बुधबार    

मकवानपुरका वाइबा चितुवाको छालासहित पक्राउ

२०७९ बैशाख ३, शनिबार १५:१० बजे

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१२ बस्ने २४ बर्षिय बालदेन वाइबा चितुवाको छालासहित पक्राउ परेका छन् ।

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित वाइबा पक्राउ परेका हुन् । वाइबासँगै पक्राउ पर्नेहरुमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ र साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ पनि रहेका छन् ।
उनीहरुलाई महानगरी प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको थियो ।