२०८१ बैशाख १६, आईतबार    

विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण

२०८० श्रावण २५, बिहीबार १८:२१ बजे

आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले पिस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिएका छन् । नेता बानियाँले ६ नम्बर वडा र सम्रग हेटौँडाको गहनाका रुपमा रहेको पार्कलाई आय आर्जनको रुपमा समेत विकास गरिनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । 

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौँडा ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशन कुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सवडिभिजन वन कार्यालय हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, नेवि संघ केन्द्रीय सदस्य मिलन पुडासैनी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, समूहका उपाध्यक्ष केशव धिताल, वन समूहका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आय ब्यय विवरण प्रस्तुत गरेका थिए भने पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधीको बारेमा जानकारी गराएका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका अवलोकनकर्ताहरुलाई अबलोकनको लागि उपयुक्त स्थान बनाउने उद्धेश्यका साथ पार्क निर्माण गरिएको हो ।

यस पार्क भित्र गोलघर, कार्यालय भवन, किराँतेश्वर महादेवको मन्दिर, व्याडमिन्टन कोर्ट, टिकटक गेट, शौचालय निर्माण भैसकेका छन भने विपी, गणेशमान, मनमोहन, पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल लगायतका कार्यहरु गरिने पार्क समितिले जनाएको छ । कार्यक्रम मार्फत पार्क निर्माणमा सहयोग पुर्याउने व्यक्त्विलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।