२०८१ बैशाख १७, सोमबार    

चौकीटोलमा शब भेटियो, पहिचान भएन

२०८० मंसिर १७, आईतबार ११:३३ बजे

हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार अन्दाजी ५४ बर्षीय पुरुषको मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चार शाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिँड्थे । घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।