२०८१ बैशाख २४, सोमबार    

सहिद दिवसमा सप्ताहव्यापी कार्यक्रम हुने

२०८० माघ ५, शुक्रबार १७:३९ बजे

सहिद दिवस २०८० को सन्दर्भमा सप्ताहव्याफी कार्यक्रम घोषणा गरिएको छ ।

सहिद स्मारक विकास समिति हेटौंडा–११ ले शुत्रबार पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको हो । समितिका सचिव रघुनाथ खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रम माघ १० गतेबाट १६ गतेसम्म सञ्चालन हुनेछन् ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन माघ १० गते वुद्धको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको छ । माघ ११ गते कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवर्द्धन मेला, माघ १२ गते वडास्तरीय नृत्य फ्रतियोगिता, माघ १३ गते रक्तदान कार्यत्रम, माघ १४ गते वतृत्वकला प्रतियोगिता, माघ १५ गते सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा शिक्षक खुला दौड प्रतियोगिता आयोजना गरिने उनले जानकारी दिए ।

माघ १६ गते सहिद दिवसको दिनमा प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिनमा स्मारक गेटबाट प्रभातफेरी सुरु हुनेछ भने श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण गरिने खुलालले जानकारी दिए ।