२०८० चैत्र १६, शुक्रबार    

खेलकुदबाट राष्ट्रको पहिचान बनाउन लागि पछौं:एकालाल श्रेष्ठ

२०७९ कार्तिक २०, आईतबार ११:५० बजे

मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले खेलकुदबाट राष्ट्रको पहिचान बनाउन लागिपर्ने वताउनु भएको छ । खेलकुद महासंघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रको खेलकुदका आफुहरुले सरकारमा रहेर काम गर्ने बताए ।

खेलक्षेत्रका लागि हेटौंडा र जिल्लामा समेत काम गर्न आफुहरु तयार रहेको वताउँदै उनले–‘एक विद्यालय एक खेल शिक्षक राखेर यस क्षेत्रमा काम गछौं । तीनै तहका सरकारको लगानीमा खेलकुदका संरचना निर्माणका कामसंगै खेलाडी उत्पादनको क्षेत्रमा पनि लाग्छौं ।’ बुद्धीचाल खेलकुदको नेतृत्व पनि गरेकाले आफुलाई यस क्षेत्रको समस्या जानकारी भएकाले सबैको सल्लाहबाटनै काम गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले आफुले खेल क्षेत्रका लागि उपमहानगरपालिका क्षेत्रमा धेरै काम गरेको  बताए । विशेषगरी खेलकुदका पूर्वाधारका कामलाई जोड दिएको  बताए  । हेटौंडामा कबर्डहल निर्माणको काम देखिलिएर वडा वडामा खेलकुदका संरचना निर्माणमा जोड दिएको  बताए  । कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय नेता धरम लामा लगायतकाको आतिथ्यता रहेको थियो ।