२०८१ बैशाख ७, शुक्रबार    

विश्वपानी दिवस र हेटौंडाको अवस्था

२०७८ चैत्र ८, मंगलबार १३:१५ बजे

पृथ्वीको अत्यावश्यक तत्वहरू मध्ये एक पानी हो । पानी जीवनको मुख्य आवश्यकता हो । सबै जीवित प्राणी र बोट बिरुवाहरुको अस्तित्व पानी बिना समाप्त हुन्छ । तसर्थ, पानी जीवन हो भन्ने गरिन्छ  तर बढ्दो औद्योगिकीकरणको अत्याधिक प्रयोग र सबै प्राकृतिक स्रोतहरूको दोहनले मानव जीवनले तीव्र पानी अभाव जस्ता केही शंकास्पद अवस्थाहरूको सामना गरिहनु परेको छ ।

पानी अस्तित्वको अत्यावश्यक निर्माण खण्ड भएकाले ताजा पानीको महत्व र यस महत्वपूर्ण स्रोतको दिगो व्यवस्थापनका बारेमा जनचेतना जगाउन प्रत्येक वर्ष मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाइन्छ । यस अवसरमा यस वर्षको विश्व पानी दिवसको विषयवस्तु, इतिहास र महत्वलाई हेरौं । विश्व पानी दिवस २०२२ को नारा ‘भूमिगत पानी : अदृश्यलाई दृश्यगत बनाउने’  रहेको छ ।

भूमिगत पानी अदृश्य छ, तर यसको प्रभाव जताततै देखिन्छ । दृष्टि बाहिर, हाम्रो खुट्टा मुनि भूजल एक लुकेको खजाना हो जसले हाम्रो जीवनलाई समृद्ध बनाउाछ । संसारमा लगभग सबै तरल ताजा पानी भूमिगत पानी हो । जलवायु परिवर्तन झन खराब हुादै जाादा जमिनको पानी झन झन नाजुक हुँदै जान्छ । यस बहुमूल्य स्रोतको दिगो व्यवस्थापन गर्न हामीले मिलेर काम गर्नुपर्छ । जमिनमुनिको पानी नजरबाट बाहिर हुन सक्छ, तर यो दिमाग बाहिर हुनु हुादैन ।

आधिकारिक रूपमा विश्व पानी दिवसको विचार सन १९९२ मा रियो दि जेनेरियोमा भएको वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको प्रस्ताव थियो । त्यसपछि संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष मार्च २२ लाई यो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । सन १९९३ मा सुरु भएको विश्व पानी दिवसको दिन देखि पानीको संरक्षण र महत्वलाई बुझाउन सामुदायिक चेतना बढाउनको लागी वार्षिक कार्यक्रम को रूप मा जारी रहेको छ ।

पृथ्वीमा रहेको लगभग ९९ प्रतिशत भू—जलले समाजलाई धेरै फाइदा र अवसरहरू प्रदान गरेको छ । तर विज्ञहरूका अनुसार एन्थ्रोपोजेनिक खतराका कारण ठूलो मात्रामा पानीको कमी र प्रदूषणले अर्बौं मानिसको जीवन र जीविकोपार्जनलाई असर गरिरहेको छ । तसर्थ, बढ्दो अभावको सन्दर्भमा विश्वव्यापी जनसंख्याले घरेलु प्रयोगको लागि पानीको नियमित प्रयोगमा योगदान पुर्‍याउने समृद्ध भूजललाई अब उपेक्षा गर्न सकिादैन ।

यस कारणले गर्दा, प्रत्येक वर्ष यो विश्व पानी दिवस संयुक्त राष्ट्र एजेन्सीहरू द्वारा विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक गतिविधिहरू आयोजना गरेर मानिसहरूलाई प्रोत्साहित गर्न, उनीहरूलाई महत्वपूर्ण पानी संग सम्बन्धित समस्याहरूको सम्बोधन गर्न र अन्तर्राष्ट्रिय गतिविधिहरूसाग समन्वय गर्नको लागि प्रोत्साहित गरिन्छ । संयुक्त राष्ट्र संघको अवधारण अनुसार यस दिवसको मुख्य उद्देश्य सबैका लागि सन २०३० सम्ममा दिगो विकास लक्ष्य स् पानी र सरसफाइको उपलब्धिलाई समर्थन गर्नेु रहेको छ ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३ बमोजिम नेपाल सरकारको परिषदको निर्णयबाट २०६४ सालमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको गठन भएको थियो । तत्कालिन अवस्थामा हेटौंडा उपमहानगरपालिका र युईआईपी परियोजना संगको सहयकार्यमा हेटौंडाको नगरक्षेत्र भित्र खानेपानी व्यवस्थापनको लागि डिप बोरिङ्ग, पानी भण्डारन स्थल निर्माण र पाइप लाइन विस्तारको कार्य सम्पन्न गर्न सफल भएको बोर्डले नेपाल खानेपानी संस्थान हेटौंडा शाखा विधिवत रुपमा २०७० साल जेठ ८ गतेका दिन हस्तान्तर भई आएको दिन देखि पूर्ण रुपमा हेटौंडाको मुख्य नगर क्षेत्र भित्र खानेपानीको व्यवस्थापन  हाल सम्म सम्हालदै आइरहेको छ । साविकको कार्यालयबाट नै बोर्डको दैनिक कार्य तथा सेवा प्रवाह संचालन भई रहेको छ ।

हाल बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत ८ वटा वडाका सबै भु—भाग र वडा नं. १, १४, १५, १६, १७ र १९ का केही भु—भागहरुमा बसोबास गने करिब १ लाख ४५ हजार नगर बाासीहरुलाई करिब २१७५० धाराहरु मार्फत दैनिक १ करोड ८२ लाख लिटर पानी उत्पादन गर्दे सरदर ६ देखि ७ घण्टा वितरण गर्दे आइरहेको छ ।

सन २०३० सम्म सबै लागि प्रर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन बोर्ड योजना बद्ध ढंगले अघि बढीरहेको छ । बोर्डले बार्षिक रुपमा खानेपानीको स्रोत व्यवस्थापन र पानी भण्डारन क्षमता थप गर्ने र सेवा क्षेत्र विस्तार गर्दे जाने क्रममा हेटौंडा उपमहानगरपालीका भित्र वडा नं. १४ बनेलधापमा रहेको बनेलधाप खानेपानी तथा सरसफाई उपभोक्त समिति, हेटौंडा वडा नं. १६ हटियामा रहेको चिसापानी खानेपानी तथा सरसफाई उपभोक्त समिति र हेटौंडा वडा नं. १९ बस्तीपुरमा रहेको बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु अन्तर्गत रहेको पानीको स्रोत, भण्डारन स्थल, जडान भएका करिब २ हजार धाराहरु यस बोर्डमा हस्तान्तरण भई आएको देखिन्छ ।

बोर्डबाट भिमफेदी गा.पा. वडा नं. १ सामरीमा सम्मवेल निर्माण गरी दैनिक १३ लाख लिटर पानी थप गरिएको । नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा उपमहानगरपालिका संगको सहलगानीमा करिब १६ करोडको लगानीमा हेटौंडाको नगर क्षेत्र भित्र ३ वटा भुमिगत पानी टंकी, १ वटा ओभर हेड पानी टंकी, ४ वटा डिप बोरिङ्ग र मेन तथा शाखा पाइप लाइन विस्तारको कार्य सम्पन्न गरी हेटौंडाको मुख्य नगर क्षेत्र प्रतिदिन २५ देखि ३० लाख लिटर पानी थप गर्न सफल भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा वडा नं. १४ बनेलधापमा ३ लाख लिटरको भुमिगत पानी टंकी निर्माण लगायत पाइप लाइन विस्तार कार्य भई रहेको र बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड विचको सहलगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माणको कार्यहरु खानेपानी तथा सरसफाई डिभिजन नं. १ कार्यालयबाट संचालन भई रहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले बोर्डको सेवा क्षेत्र भन्दा बाहिर नगरका विकट स्थानहरुमा हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा उपभोक्ता समितिहरुबाट संचालित खानेपानी योजनाहरु लगायत खानेपानीबाट बन्चित नगरबासीहरुलाई वडा कार्यालय र हेटौंडा उपमहानगरपालिको सिफारिस पत्रको आधारमा आवश्यकता अनुसारको पाइप उपलब्ध गराउदै आइरहेको छ ।

बोर्डले हेटौंडा उपमहानगरपालीका वडा नं. १५ को विकट स्थान वंगेरीमा हेटौंडा उपमहानगरपालीका संगको सहकार्यमा खानेपानीको व्यवस्थापन गरेको थियो भने वडा नं. १५ को विकट स्थान चिप्लेटी र वडा नं. १९ को बासपानीमा खानेपानी व्यवस्थापन गर्नको लागि हेटौंडा उपमहानगरपालीका र विभिन्न संघ संस्थाहरुको संघको सहकार्यमा आवश्यक अध्ययन तथा गृहकार्यलाई अगाडी बढाइ रहेको छ भने हेटौंडाको मुख्य नगर क्षेत्रमा खानेपानीको स्रोत व्यवस्थापन, भण्डारन क्षमता वृद्धि, पाइपलाइन सुधार विस्तार इत्यादि कार्यहरु गर्न स्थानिय तह, प्रदेश सरकार र संघिय सरकार संग आवश्यक गृहकार्य गर्दै आइरहेको छ ।

लेखापाल, हेटौंडा खानेपानी व्यवस्थापन बोड, हेटौंडा, मकवानपुर